yogesh bhattarai

‘कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गर्नुभएको हो?’

National News News

The Mirror

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नुभएको हो? भनि अर्थमन्त्री जनार्दन शर्मालाई कडा प्रश्न गरेका छन।

भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भनि गम्भिर आशंका व्यक्त गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गरे।

पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गरे।

उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक-सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताए।

भट्टराईले भने, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा हामीले प्रश्न उठाईरहेका छौं, कतैकतै यो बजेट हेर्दा लेशसफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा अलिअलि माक्र्सको पनि गन्ध आउँछ, यो बजेट वास्तवमा के हो’?

भट्टराईले सोधे, ‘टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ, सायद उहाँले पनि हेर्नु भयो होला, त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिईरहनु भएको थियो, त्यो मैले हिजो मात्रै टिकटकमा हेरे, शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ, शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन’।

भट्टराईले भने, ‘आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ, शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन, २० प्रतिशतको कुरै छोडौं, १० प्रतिशतको हाराहारी पनि पुगेको छैन, स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ, अव म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त ? मेरो गम्भिर प्रश्न यहाँलाई त्यहाँनिर छ।’

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहोराईरहे।

[ref-nagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *