नम्बर वान स्मार्ट फोन कम्पनी सामसङले नया फोन भर्खरैमात्र सार्बजनिक गरेको छ। दक्षिण कोरियाली माेबाइल कम्पनी ‘ग्यालेक्सी–नोट२०’ र ‘ग्यालेक्सी–नोट२० अल्ट्रा’ गरी दुई फोन बजारमा सार्बजनिक गरेको हो। लगभग सबैजसो महत्तोपूर्ण कामहरु पनि फोनेकै सहायताबाट सकिनेछ त्यसकारण खासै कम्प्युटरको आवश्यकता पर्दैन। नोट२० सिरिजका फोनहरुमा कम्प्युटरले जस्तै हाई स्पिडमा काम गर्नसक्ने फिचर राखिएकाे सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणय रत्न स्थापितले बताउनु भयो। उनका अनुसार फोनमा प्रयोगकर्ताको चाहाना अनुरुप सबैजसो गेमहरु पनि खेल्न सकिनेछ। फोनले फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडियाहरुलाई शेयर गर्न सहयोग गर्ने छ।
फोनहरुमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न, फोटोहरु सिङ्क गर्न, फोन गर्न र आएको फोन उठाउन सकिनेछ। त्यसैगरी मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाईंले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन र तुरुन्तै भेटाउन सकिन्छ। यी फोनहरुलाई टिभीमा कनेक्ट गरेर ठुलो स्क्रीनमा पनि हरेक कुरा गर्न सकिनेछ। साथै दुईवटा स्क्रिनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकै पटक स्मार्ट टिभीमा भिडियो हेर्न पनि सकिनेछ।
मुख्य फिचरहरु
१} निकै उच्च गतिको कार्य गर्नेछ।
२} सफ्ट नेच्युरल टोन जसले नयाँ ट्रेन्ड, टेक्स्चर हेज इफेक्टलाई कट डाउन गरी फिङ्गरप्रिन्ट छापहरुबाट फोनलाई जोगाउँदछ। ग्यालेक्सी–नोट२० माइस्टिक ब्रोन्ज, ग्रे र ग्रीनमा उपलब्ध छ भने नोट२० अल्ट्रा माइस्टिक ब्रोन्ज र ब्ल्याकमा छ।
३} ३६.९ इञ्च डिस्प्ले छ। फोनमा तीन क्यामरा छन्। जसमा १०८ एमपी वाइड, १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रा वाइड लेन्स छ। त्यस्तै, सेल्फी १० एमपी छ।
४} ४४५ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यसमा ३० मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ।
५} ग्यालेक्सी नोट२० काे मूल्य १ लाख ९ हजार ९ सय ९९ र नोट२० अल्ट्रा १ लाख ३९ हजार ९ सय ९९ रूपैयाँ छ।[फोटोमा हेर्नुहोस]









ref-setopati
probably Samsung is the best smart phone company in the world. just love Samsung phone.