prachanda

‘कम्युनिष्टहरु सडेको अन्डाजस्तै गन्याउने हुन्छन्’

National News News

The Mirror

माओवादी अध्यक्ष प्रचण्डले बिग्रेका कम्युनिष्टहरू सडेको अन्डाजस्तै गन्धा हुने अनौठो टिप्पणी गरेका छन।

नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि आफु सफल नभएको उनको भनाइ थियो।

सच्चा कम्युनिष्टहरू राम्रा र धैर्यपूर्वक विश्लेषण गर्न सक्ने हुने भएपनि विग्रेपछि भने सडेको अन्डाजस्तो गन्याउने खालका हुने भनाइ थियो।

अन्तर्क्रियामा बोल्दै प्रचण्डले भने, ‘केहि कम्युनिष्टहरू राम्रा हुन्छन, धैर्यतापूर्वक विश्लेषण गर्छन तर विग्रेपछि कम्युनिष्ट जति नराम्रा कोही पनि हुन्नन्, सबैभन्दा नराम्रा कम्युनिष्ट हुन्छन, अण्डा धेरै फाइदाजनक चिज हो तर सड्यो भने त्यो भन्दा गन्याउने केही पनि हुँदैन’।

उनले भने, ‘एसपिपी ओली सरकारले ल्याएको हो यसको जिम्मा उनैले लिनुपर्छ’।

उनले कम्युनिष्टहरू विग्रेपछि क्रान्ति बरबाद हुने पनि बताए। साथै उनले एमाले महासचिव पोखरेललाई लक्षित गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भ्रष्टाचार बढेको बताए।

प्रचण्डअघि बोलेका एमाले महासचिव पोखरेलले शोधनान्तर घाटा बढिरहेकोले गठबन्धन सरकारले यसको जवाफ दिनुपर्ने बताएका थिए।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *