The Mirror Desk,
काठमाडौँ, अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर। चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन्। चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस्। नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेकी करिश्माको चर्चा अहिले चलचित्र अभिनयले भन्दा पनि उनको सुन्दरतालेनै बढी हुने गरेको छ।
यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ। गत शनिबार काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा गरिएको एक कार्यक्रममा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाल लगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए। उनलाई हमाल लगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए।
१४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन्। ‘मायालु’, ‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘पन्छी’, ‘साथी’, ‘बसन्ती’ आदि उनका चर्चित फिल्म हुन्।
उपाधि पछि उनले भनिन, ‘म एक कलाकार हुँ, यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु, म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो, त्यसमा खुशी छु’।
समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो।
[ref-nagarik]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020