4 uml leaders who did not follow party whip

‘कर्णालीमा एमालेको ह्वीप नमान्ने ४ सांसद पार्टीबाट निष्कासनको सिफारिस’

National News News

The Mirror Desk

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको छ। दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका सचेतक गुलाबजंग शाहले भने, ‘उहाँहरूलाई दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गरिएको छ’। एमालेका ४ जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो।

सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिस गर्ने निर्णय गरिएको छ।

कांग्रेसले समर्थन गरेपछि शाहीले विश्वासको मत प्राप्त गरेका छन्। माओवादीको १२ मत थियो भने काँग्रेसको ६ मत थियो। सरकार जोगिन कम्तीमा २० जना सांसदको मत आवश्यक थियो।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *