The Mirror
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको स्पस्ट पारे।
विराटनगर एयरपोर्टमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केहि पूर्व प्रधानमन्त्रीहरुले एमालेले प्रधानमन्त्रीको कार्ड फालेर गठबन्धन टुटाउन खोजेको आरोप लागेपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे।
अध्यक्ष ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने आशा ब्यक्त गरेका छैन।
ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउदै मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आउन समेत आग्रह गरे।
उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे।
[ref-news24]
अन्तमा यो पनि…