कस्तो अचम्म एउटै शहरमा एकै समयमा, “कतै जिन्दाबाद” र “कतै मुर्दाबाद”

National News

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि उनि पार्टी भित्र र बाहिर बाट निकै आलोचित बनिरहेका छन्। एकअर्का गुटले पार्टीले कारबाही गर्ने चेतावनी दिइ रहेका छन। तर अब भने उनके समर्थनमा बिस्तारै आवाजहरु सुनिन थालेको छ। जनबर्गिय संगठनहरु पनि समर्थन र बिरोधमा सडकमा आइसकेका छन।

यसै सन्दर्भमा सोमबार पोखरामा एक अचम्मको दृश्य देखापर्यो। प्रधानमन्त्री र राष्ट्रपतिको पक्षविपक्षमा पोखराका सडकहरुमा दिनभर नारा घन्किरहृयो। प्रधानमन्त्रीको कदमको स्वागत गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै कार्यकर्ताले प्रदर्शन गरे भने नेकपाकै अर्का पक्ष “प्रचण्ड-नेपाल” पक्षले बिपक्षमा नारा लगाउँदै पुत्लानै जलायो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी ओली समर्थित युवा संघ तथा अनेरास्ववियूका कार्यकर्ताले गलत मान्छेको हातमा देश सुम्पिनुभन्दा जनताको हातमा सुम्पिनको लागि भन्दै संसद विघटन गरेकोमा स्वागत गरे। उनीहरुले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपाललाई अपराधीको संज्ञा मात्रै दिएनन्, जेलमा कोच्ने चेतावनी समेत दिएका छन्। ‘दुई अपराधीलाई कालो कोठरीमा जाक्नुपर्छ’, युवा संघ नेपालका केन्द्रीय सदस्य माधव बास्तोलाले भने, ‘जेल जाने दिन गनेर बसे हुन्छ, यो अबस्था आउनुमा यी दुई जना अपराधीहरु नै जिम्मेवार छन। “प्रधानमन्त्री के पी शर्मा ओलीले भ्रष्टाचारबिरोधी अभियान चलाइरहदा “प्रचण्ड-नेपाल” गुटले खुट्टा कमाएर ओलीकै राजीनामा मागे किन कि यी दुवै जना भ्रष्टाचारका नाइके हुन्” बास्तोलाको आरोप थियो। उनले भने “फेरि पनि पार्टीले ओलीकै कमाण्डिङ्गमा बहमत ल्याउछ”। सूर्य चिहृन र जबजबिना चुनाव जितेर देखाउन प्रचण्ड र नेपाललाई कडा चुनौती दिए।

नेकपाकै “प्रचण्ड-माधव” समूहका युवा संघ तथा विद्यार्थीले सोमबार प्रदर्शन गदै ओली देशकै कलंक भएको बताए। अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीले देशलाई नै डुबाउने काम गरेकाले उनको आवश्यकता सकिएको बताए। “युवाहरुले ओलीजस्तो देशद्रोहीलाइ अब देशबाटै सत्तासाप गर्ने छन्” उनले भने। युवाहरुले ओलीको पुत्ला पनि जलाएका थिए।

उता “प्रचण्ड-नेपाल” पक्षसहित नेपाली कांग्रेसले देशबाट कम्युनिस्ट पत्तासाप पार्ने चेतावनी दिएको छ। त्यसै गरी जनता समाजवादी पार्टी, साझा विवेकशील पार्टीले पनि संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन्।

के पी ओली को समर्थन
काँग्रेसको बिरोध

ref-onlinekhabar

pic-onlinekhabar

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *