shekhar gagan

‘कस्तो बिडम्बना, आफ्ना पार्टीका कार्यकर्तालाई अर्को पार्टीलाई भोट हाल्नुस भन्नु पर्ने’

National News News

The Mirror

बुधबार नेपाल विद्यार्थी संघको उपत्यकाका क्याम्पस इकाइहरुको संयुक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले अन्य दलहरुसँग गरेको गठबन्धनको विरोध जनाएका छन।

थापा र कोइरालाले पार्टीले केन्द्रीय समितिको निर्णय विपरीत केन्द्रबाटै गठबन्धन गरेको भन्दै तिब्र असन्तुष्टि जनाए।

कार्यक्रममा महामन्त्री थापाले नेता कोइरालालाई अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्नुपर्ने अवस्था आउनु विडम्बना र दुखद भएको बताएका थिए।

शेखरले कार्यक्रममा भने, ‘अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो दाइ, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिह्न लगाउनुपर्ने भो, उनले यस्तो अवस्था किन आयो भन्ने विषयमा निर्वाचन पछि छलफल गर्ने बताए’।

३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नेता कोइरालाले नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए। के कति कारणले कम्युनिस्टसँग मिल्नुपर्ने अवस्था आयो भन्ने विषयमा नेतृत्वले जवाफ दिनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले कांग्रेसले आफ्नै बलमा निर्वाचन लड्नुपर्ने पक्षमा रहेको बताए। केन्द्रीय समिति बैठकले तालमेल गर्ने अधिकार तल्लो तहलाई दिएको भए पनि नेतृत्वले केन्द्रीय समितिकै निर्णय अवज्ञा गरेर केन्द्रबाटै गठबन्धन गरेको उनको भनाइ छ।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *