काँकडभित्ता देखि काठमाडौंसम्मको सडक ४ लेनको बनाइदै

National News News

The Mirror Desk,

चितवन, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडक खण्ड ४ लेनको बनाइने भएको छ। सडक विभाग आयोजन निर्देशनालयले यी सडक विस्तार गर्न लागेको हो। निर्देशानलयले डीपीआर तयार गर्ने परामर्शदात छनोटगरी ठेक्का लगाइसकिएको आयोजनाका उपनिर्देशक राकेश महर्जनले बताए।

‘सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ’ ले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको छ। दक्षिण कोरियाली परामर्शदाता ‘सुसङ इन्जिनियरिङले’ काठमाडौं-तराई मधेस द्रुत मार्गको डीपीआर तयार गरेको हो।

दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आवश्यक डीपीआर बनाउने जिम्मा ‘सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ’ ले पाएको छ ।

२०७७ असोज १८ गते जिम्मा सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी) बीच सम्झौता भएको हो। परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ।

पूर्व-पश्चिम राजमार्ग २ लेनको छ। यसलाई विस्तारगरी ४ लेनको बनाउन लागिएको हो। उपनिर्देशक महर्जनका अनुसार बस्ती क्षेत्रमा सर्भिसलेन सहित ६ लेनको सडक विस्तार गरिनेछ। जंगल तथा बस्ती नभएको क्षेत्रको सडक भने ४ लेनको हुनेछ।

स्थानीय सवरीको चाप धेरै हुने स्थानमा आवश्यकताका आधारमा फ्लाईओभर र अण्डरपास पनि निर्माण गरिनेछ। फ्लाई ओभर र अन्डरपासले राजमार्गमा गुड्ने सवारीको आवगमनमा स्थानीय सवारीको अवरोध हुनेछ।

एसियाली विकास बैंक एडीबी र विश्व बैंकको सहयोगमा पूर्वपश्चिम राजमार्ग विस्तार हुँदै छ । मुलुकको प्रमुख राजमार्गलाई एसियाली हाइवे स्ट्यान्डर्ड अनुरुप चार लेनमा विस्तार गर्न लागिएको हो। यो राजमार्गको बुटवलदेखि पूर्वी खण्डको विस्तार प्रक्रिया अघि बढिरहेको छ।

बुटबल-नारायणघाट सडक खण्डको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ। चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटबल-नारायणघाट सडक खण्ड निर्माण गरिरहेको छ ।

कमला-कञ्चनपुर सडक खण्ड विस्तार गर्ने निर्माण कम्पनी छनोट भइसकेको छ। चाइना रेल्वे नम्बर २ ग्रुपले कमला-कञ्चनपुर सडकलाई ४ लेनको बनाउनेछ।

[ref-Pathivara]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *