prachanda

काँग्रेसलाई प्रचण्डको धम्की,’एमालेलाई जस्तै ठेगान लगाउन नपरोस’

National News News

The Mirror

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले स्थानीय तहमा जितेको कांग्रसभित्र अहंकार र दम्भ निकै बढी भएको आरोप लगाएका छन्।

उनले यसरी कांग्रसको दम्भ र अहंकार बढीरहे काँग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइिदिने धम्की दिएका छन्।

माओवादी केन्द्रले स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन।

उनले भने, ‘हामीले राष्ट्र, संविधान र लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनायौ तर बुर्जुवाहरुले यसलाई गलत ढंगले लिए, हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा हाम्रो उद्देश्य राम्रो थियो, एमालेले यस्तो अहंकार र दम्भ बढायो, सबै हामी नै हो जस्तो गरेका थिए हामी त्यसका विरुद्धमा विद्रोहमा उत्रियौं र उसलाई ठेगान लगाएरै छाडेयौ’।

काँग्रेस प्रति निकै आक्रोशित भएका प्रचण्डले फेरि भने, ‘अहिले कांग्रेसमा पनि यस्तै भएको छ, हामीले मेहनत गरेर नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायौं, हामीले अहिले पनि प्रधानमन्त्री भइराख्नुस् भनेका छौं हाम्रो अरु केही छैन’।

उनले भने, ‘फेरि कांग्रेसमा पनि एमालेको जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन स्थानीय तहमा पनि धेरै जस्तो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र केन्द्रमा पनि ठेगान लगाउने भने भने हामीले फेरि एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्ने छ’।

उनले अगाडी भने, ‘म कांग्रेसलाई भन्न चाहन्छु अहंकार र दम्भले कसैको पनि हीत गर्दैन, माओवादीलाई कमजोर पारियो भनेर दम्भको राजनीति नगर्न पनि कांग्रेसलाई चेतावनी दिन्छु’।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको वैशाखी टेकेर दुई-दुई पटक प्रधानमन्त्री भए जस्तै कांग्रेस पनि माओवादीकै सहारमा प्रधानमन्त्री बनेको आरोप लागाए।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *