Binod Chaudhary

‘काँग्रेसले कहिल्यै नजित्ने क्षेत्रबाट चुनाव लड्न तयार छु’

National News News

The Mirror

नेपाली उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन काँग्रेसको राजनीतिमा बिताउने बताएका छन।

शुक्रबार ललितपुरस्थित होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन।

उनले भने, ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ, ३० वर्ष व्यवसाय र राजनीति गरेँ, अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ, काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम लिन्छु, त्यसैले खुला ढोकाबाट राजनीतिका लागि अगाडि बढेको छु’।

उनले आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा रहेको समेत सुनाए।

उनले भने, ‘आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा छु, त्यही अनुसार जिल्लामा आउजाउ पनि गरिरहेको छु’।

२०७४ सालमा एमालेले शशांक कोइरालाको क्षेत्रमा चुनाव लड्न टिकट दिएको स्मरण गर्दै उनले आफुले सो क्षेत्रबाट चुनाव नलडेको बताए।

उनले भने, ‘म लडिनँ, उहाँको निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा चुनाव लड्न मन लागेन, बरु म काँग्रेसमा आएँ, कोइराला परिवारसँग हाम्रो परिवारको पुरानो सम्बन्ध छ’।

चौधरीले काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार रहेको समेत बताए।

उनले भने, ‘तर यो कुरा पार्टीको निर्णयमा भर पर्छ, पार्टीले टिकट दिएन भने काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्छु’।

[ref-ratopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *