The Mirror
स्थानीय निकाएको निर्बाचन भर्खरै मात्र सम्पन्न भएको छ। सबै पार्टीहरु चुनाबको समिक्षा गरिरहेका छन्।
यसै क्रममा माधब नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) ले पनि चुनाबको समिक्षा गरेको छ र आफ्नो पार्टी पराजयको लेखाजोखा गरेको छ।
सो पार्टीका अध्यक्ष माधव नेपालले राजधानीमा आयोजित एक क्रममा नेपाली कांग्रेसका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको टिप्पणी गरेका छन।
काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा उनले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए।
समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उनको भनाई छ। माओवादीभित्र पनि यो भन्दा भिन्न स्थिति नरहेको उनको भनाइ छ।
उनको भनाईमा मुख्यतया नेपाली काँग्रेस र माओबादीका कारण आफ्नो पार्टीको हार भएको स्पस्ट बुझ्न सकिन्थ्यो।
[ref-annapurna]
अन्तमा यो पनि…