‘कांग्रेसद्वारा सरकारको नेतृत्व लिने निर्णय, ओलीको राजीनामा माग’

National News News

The Mirror Desk,

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको नेतृत्व आफुलेनै दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । लामो समय सम्म केहि निर्णय नलिई मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै पटक भेटेर आग्रह गर्दै आएका थिए।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल विभाजित भएको थियो । प्रचण्ड र ‘नेपाल-खनाल’ समूहले ओलीको कदमको विरोधमा र ओली आफूले चालेको कदम सही भन्दै आएका थिए। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो भने फेरि सर्वोच्चबाट २३ फागुनमा भएको फैसलाले एमाले र माओवादी ब्युँताइदिएको थियो।

कांग्रेस, जसपा र अन्य दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डले बताउँदै आएका छन्। माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

[ref-kantipur]

Please Watch This Unbelievable Video About Maoist War

Watch Here…

“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *