congress

‘कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको भनाई औचित्यहिन’:- काँग्रेस

National News News

The Mirror

नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित एक पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता प्रकाश शरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्ने बताएका छन।

स्थानीय तहको निर्वाचनममा पाँच दलीय गठबन्धनले समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न सबै नेता तथा कार्यकर्तालाई अनुरोध पनि गरे।

महतले भने, ‘कांग्रेसले अहंकार कहिल्यै राख्दैन, गठबन्धन दलका नेताहरूले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व राख्दैन, ति सबै कुराहरु औचत्यहिन छन, प्रचण्डले आफ्ना कार्यकर्तालाई भन्नुभयो होला, तर त्यो तर्क हिन छ’।

केहि दिन अगाडी आफ्ना पार्टीबाट जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा प्रचण्डले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिएका थिए।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *