The Mirror
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई साइजमा राख्ने भन्दै चार पार्टी माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच छुट्टै छलफल सुरु गरेको जनाएका छन्।
उनले भने, ‘कांग्रेसलाई साइजमा राख्न हामीले चार पार्टीबीच छुट्टै छलफल थालेका छौ, स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ’।
शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय ‘वैचारिक राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण’ कार्यक्रममा बाेल्दै उनले कार्यकर्तासँग यस्ताे बताएका हुन।
प्रचण्डले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए।
उनले भने, ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, त्यसअनुरूप सफल भएन तर केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ, तर पनि पाँचदलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम रहन्छ
उनले एमाले अध्यक्ष केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउँदा र सातै प्रदेशका सरकारबाट हटाउँदा समेत डोज अझै नपुगेको पनि बताए।
ओलीको आलोचना गर्दै उनले भने, ‘ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो, सात प्रदेशकै सरकारबाट हटाइयो ,राष्ट्रिय सभाको निर्वाचनमा समेत सबै मिलेर हराइयो, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अघिल्लोपटक जितेका सय पालिकाबाट हराउँदा पनि ओलीलाई अझै डोज पुगेको छैन’।
[ref-nayapatrikadaily]
अन्तमा यो पनि…