sher badadur deuwa

‘कांग्रेसले एक सय सिट राख्ने, बाँकी गठबन्धनका अन्य दललाई दिने’

National News News

The Mirror

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एक सय सिट आफूले राखेर बाकी ६५ सिटमा मात्र गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको पदाधिकारीहरुको बैठकले १ सय सिटलाई बोर्डरलाइन मानेर ६५ सिट अन्य गठबन्धन दलहरुबीच भागबण्डा गर्ने गरी तालमेलका लागि वार्ता अघि बढाउने निर्णय गरेको हो।

एक जना पदाधिकारीले भने, ‘एक सय सिट काँग्रेसले राख्छ, बाँकी ६५ सिट अन्य दलहरुबीच तालमेल गरेर अघि बढ्छ, प्रदेशसभाको सिट संख्या पनि यही अनुपातमा राख्ने पदाधिकारी बीच सहमति भएको छ’।

बैठकमा काठमाडौमा उपलब्ध पदाधिकारीहरु सहभागी थिए। सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने लिखित सहमति भइसकेको छ।

काँग्रेसको यो निर्णयबाट गठबन्धका अन्य दलहरु सहमति हुने सम्भाबना एकदमै न्युन छ।

[ref-nagarik]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *