Jhalanath Khanal

‘कांग्रेसले ठुलो धोका दियो, चुनाब पछि बदला लिन्छौ’:- झलनाथ खनाल

National News News

The Mirror

गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादी का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका छन्।

खनालले चुनावी गठबन्धनको बिषयमा कांग्रेसले ठुलो धोका दियो र आफुले चुनाब पछि त्यसको बदला लिने चेतावनी दिएका छन्।

गठबन्धनमा आवद्ध दलहरु बीच तालमेल भएपनि कांग्रेसले नेकपा एकीकृत समाजवादीलाइ जनसमर्थन नभएको भन्दै निकै थोरै सिटमा मात्र तालमेल गरिने जनाएको थियो।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका भएपनि स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ।

नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको तल्लो निकायसम्मै केन्द्रबाट हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। कांग्रेस आँफैले पनि अहिलेसम्म महानगर र उपमहानगरमै उम्मेद्धवार तय गर्न सकेको छैन। केन्द्रमा जे जस्तो सहमति भएपनि स्थानीय तहमा भने दलहरुले आ आफ्नै रणनीति बनाएका छन।

[ref-prabhavnews]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *