Gagan Kumar Thapa

‘कांग्रेसले रुख बाहेक अरु कुनै पनि चुनाब चिन्हमा भोट हाल्दैन’:- गगन थापा

National News News

The Mirror Desk

सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको स्पस्ट पारेका छन्।

उनले स्पस्ट शब्दमा भने ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन’।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताएका छन्।

थापाका अनुसार आगामी चैत वा वैशाखमा स्थानीय तहको चुनाव र मंसिरसम्म संघीय चुनाव हुनेछ। उनले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताए।

उनले भने, ‘कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ’। गगन थापाले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेको समेत बताए।

साथै उनले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने बताए। पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई नेतृत्वमा पुर्‍याउनसमेत उनले आग्रह गरेका छन्।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *