baburam bhattarai

‘कांग्रेस खच्चड, कम्युनिस्ट पाखण्डी’

National News News

The Mirror

पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले जसपाको आफु पक्षधर नेता कार्यकर्ताको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदन पेस गर्दै उनले अन्य राजनीतिक दलबारे टिप्पणी गरे। उनले नेपालका सबै कम्युनिस्ट घटक दलहरुलाई ‘पाखण्डी’ भनेका छन भन्ने कांग्रेसकोलाई ‘खच्चड’। विभिन्न झुण्डमा रहेका उनीहरु समग्रमा एउटै चरित्रका रहेका उल्लेख गरेका छन।

कम्युनिस्ट पार्टीबारे उनको प्रतिवेदन

‘सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन। यी समूहहरु बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन। केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो। भन्ने एउटागर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरु उस्तै छन। अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समूहको साझा चरित्र हो’।

‘साना बामपन्थी वा कम्युनिष्ट समूहरुमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता देखिएको छैन। तिनीहरुसंग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता पनि देखिन्न। शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निरासा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना बामपन्थी समूहसंग थप कुनै गुण देखिन्न’।

कांग्रेसको बारेमा उनको प्रतिवेदन

‘दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ तर उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन। यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो’।

‘२०४६ साल यताका उसका सबै नीति र व्यवहार नवउदारवादी उदारीकण, निजीकरण र भूमण्डलीकरणबाट प्रभावित छन। यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो। जनताको बद्लिदो चेतना र दबाबले गणतन्त्रसम्म स्वीकार गर्न थाल्यो तर संघवाद र समावेशी लोकतन्त्रलाई अझै यसले जिवन्त, ठोस र मूर्त ढंगले स्वीकार गरिसकेको छैन। अतः लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससंग हाम्रो सहकार्य हुन सक्दछ। बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ’।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *