sher bahadur

‘कांग्रेस गठबन्धन गर्न तयार तर ५ वर्षसम्म आफु नै प्रधानमन्त्री हुनु पर्ने’

National News News

The Mirror

नेपाली कांग्रेसले स्थिर सरकारका लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

तर चुनावपछि अरु दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको कडा शर्त छ।

स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन गर्नेबारे भने एकढिक्का देखिएको छ

६ दिनसम्म छलफल भएर सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकाल्यो।

कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको हो।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’।

कांग्रेस प्रवक्ता डा. महतका अनुसार चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु पनि सकारात्मक छन तर प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० सिटको बाँडफाँट भने निकै असहज हुने छ।

यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरुले सम्मानजनक हैसियत खोजेका छन् भने कांग्रेसमा धेरै सिट लिनुपर्ने दबाव छ।

काँग्रेस बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पनि तालमेल गर्नुपर्ने, आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ अरुलाई छाड्न नसकिने तर्क गरे।

यता माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले पछिल्लो केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे तीन खालको धारणा आएको बताए।

पहिलो, आफ्नै खुट्टामा उभिनुपर्छ,

दोस्रो, वामपन्थी दलरुसँग मिलेर चुनाव लड्नुपर्छ,

तेस्रो, कांग्रेससँग गठबन्धन गर्ने हो भने पनि स्थानीय तहको चुनावमा हाम्रा गढहरुमा अरु दलसँग मिलेर हामीलाई हराउने प्रयास भएको छ, त्यसको समीक्षा हुनुपर्छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *