krishnalal sapkota

‘कांग्रेस पार्टी अरु कसैले कब्जा गर्दैछ, नेतृत्वविरुद्ध अगाडी बढ्नुस’:- कृष्णलाल सापकोटा

National News News

The Mirror

नेपाली कांग्रेस चितवनका पाका नेता कृष्णलाल सापकोटा पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध दबाब बढाउन जुटेका भेटिए। उम्मेदवार टुंगो लगाएर आइतबार घोषणा गर्ने तयारी भइरहँदा उनि भने यसरी अभियान चलाईरहेका छन्।

शनिबार उनी भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा डाकिएको भेलालाई सम्बोधन गर्दै ‘रुख चिह्न’ मा मतदान गर्न कार्यकर्ताहरूलाई आव्हान गरिरहेका थिए।

सापकोटाले भने, ‘‘हामीले रुख चिह्नमा मत हाल्ने हो, हँसिया हथौडालाई खाली छाडिदिने हो, भोलिसम्म सत्याग्रह गरेर भए पनि नेतृत्वलाई निर्णय बदल्न बाध्य पार्नेछौ, त्यति गर्दा नमाने रुखमै मतदान गरी केन्द्रीय नेतृत्वको गलत निर्णयको अवज्ञा गर्ने हो।

उनले आक्रोशित हुँदै भने, ‘प्रधानमन्त्री पदका लागि यी (देउवा) कहिले ज्ञानेन्द्रसँग मिल्छन्, कहिले प्रचण्डसँग सहकार्य गर्छन, आस्थाको राजनीति गर्ने म झुक्दिनँ, तपाईंहरु पनि नेतृत्वको गलत निर्णय स्वीकारेर दास नबन्नोस’।

२०४६ सालको आन्दोलनमा चितवनको जनआन्दोलनको नेतृत्व गरेका सापकोटाले त्यसको स्मरण गर्दै कार्यकर्तालाई पनि इतिहास सम्झाइरहेका थिए।

जिल्ला कार्यालय परिसरमा खचाखच कार्यकर्तामाझ उत्तेजित भएर बोल्दै गर्दा बेलाबखत उनको घाँटी अवरुद्ध भइरहेको थियो।

उनी भन्दै थिए, ‘मैले नेतृत्व गरेको आन्दोलनमा चारजना शहीद भए, तिनका विधवा र परिवारहरु छन्, सधैँ अर्कालाई मत दिएर तिनका अगाडि कसरी मुख देखाउने, हामीले गलत मान्छेलाई नेता बनाएर दुख पायौँ।

उनले कार्यकर्ताहरूलाई सचेत हुन आग्रह गर्दै भने, ‘तपाईंहरुलाई थाहा छ, हाम्रो नेपाली कांग्रेस पार्टी कब्जा हुँदैछ। त्यसैले हामीले नेतृत्वको गलत निर्णयविरुद्ध एक भएर अगाडि बढ्नु छ।

पार्टी नेतृत्वको निर्णयविरुद्ध जिल्ला कार्यालयका सबै कार्यकक्षमा तालाबन्दी गरिएको छ। कार्यक्रममा केही युवा नेताहरुले पनि चर्काे भाषण गरेका थिए। भोलि पनि साविककै ठाउँमा विरोधसभा गर्ने गरि भेला डाकिएको छ।

[ref-nepalkhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *