baburam

‘कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर चुनाब जिते’

National News News

The Mirror

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनको लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले लिएको बताएका छन।

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर उनीहरूले लाभ लिएको बताए।

उनले भने, ‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए तर उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन’

अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू अझै दृढ रहेको दोहोराए।

स्थानीय स्तरको विषयमा स्थानीय तहमा बसेका नेता तथा कार्यकर्तालाई धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको अवस्थामा अझ राम्रो परिणमा आउनसक्ने उनको आँकलन छ।

उहाँले स्थानीय तह निर्वाचनमा धाँधली भएको पनि स्वीकारे। नेपालको लोकतन्त्र हुर्कँदै गरेको भन्दै उहाँले बच्चाले फोहोर गरेको जस्तो अलिअलि फोहोर भएको बताए।

यद्यपि, लोकतन्त्र र निर्वाचनलाई नै खराब भन्न नमिल्ने उनको भनाइ छ।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *