ktm

काठमाडौँमा जब सूर्यलाई लौरोले भेट्टायो…

National News News

The Mirror

काठमाडौं महानगरपालिकाका दुई चर्चित प्रमुख पदका प्रत्यासी एमालेका केशव स्थापित र स्वतन्त्र बलेन शाहको वरिपरि घुमिरहेको छ जनताको ध्यान।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुख पदका प्रत्यासी केशव स्थापितले भनेका थिए, ‘कोर एरिया प्रवेश गरेकै छैन, कोर एरियामा पसेपछि म अघि आउँछु तर नतिजा ठीक विपरीत आइरहेको छ’ ।

काठमाडौं महानगरको २८ नम्बर वडा एमालेका उम्मेदवार केशव स्थापितको वडा हो। यो वडा एमालेको गढ पनि हो तर बुधबारको मतगणनामा आफ्नै वडामा स्थापित स्वतन्त्र उम्मेदवार बालेनसँग बराबरीमा रोकिए। सुर्यले १८१ मत ल्याउँदा लौरोले पनि १८१ नै ल्यायो।

स्थापितले वैशाख ३० को स्थानीय निर्वाचनमा यहीँ वडा अर्थात् बागबजारस्थित पद्मकन्या क्याम्पसबाट भोट खसालेका थिए। उनले आफैँलाई भोट हालेको यो क्षेत्र पुरानो बसपार्क–बागबजार पर्छ ।

महानगरको २८ वडा पर्ने यस क्षेत्रमा हाल ७ सय मत गणना भइसकेको बताइएको छ।

यस अवधिभर स्थापित र बालेनले समान १८१/१८१ मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १४२ भोट पाएकी छन। मतगणनाको सुरुवातीमा स्थापितले अग्रता लिए पनि पछि लौरोले उनलाई भेट्टाएको हो।

[ref-news24nepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *