The Mirror
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका र्यापर बालेन साहले अग्रता लिएका छन।
राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदानकेन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।
भर्खरै अपडेट गरिएको…
काठमाडौं महानगरमा ४,४४४ मतगणना हॅुदा-
१. बालेन शाह – १,५७५ मत
२. केशव स्थापित – ९८५ मत
३. सिर्जना सिंह – ८२५ मत
मत गन्ने कार्य भैरहेको छ।
[ref-onlinekhabar]
अन्तमा यो पनि…