balen sunita

काठमाडौंमा बालेन र सुनिताको जीत सुनिश्चित

National News News

The Mirror

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र बालेन साह र उपमेयरमा एमालेकि सुनिता डंगोलको जित निश्चित भएको छ।

सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका बालेनको जीत सुनिश्चित भएको हो।

बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन। बालेन्द्रले सिर्जनालाई २० हजार ११० मतान्तर बनाएर अग्रता कायम गरेका हुन्।

केशव स्थापित बालेन्द्रभन्दा २० हजार ७४३ मतले पछाडि छन्। सिर्जनाले समेत एमालेका उम्मेदवार स्थापतिलाई पछि पारेकी छन्।

काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् छन् भने विजय निश्चित भएको छ।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६० हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्।

विजय निश्चित हुदाहुदै पनि दुबैको जितको औपचारिक घोषणा हुन भने बाकि नै छ।

[ref-annapurnapost]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *