The Mirror
आज बिहानै काठमाडौंमा भूकम्पको निकै ठुलो धक्का महसुस भएको छ।
शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो। काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो।
यसबारे थप विवरण आउन बाँकी छ।
अन्तमा यो पनि…