Waste in Ktm

‘काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने’

National News News

The Mirror

मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा समस्या देखिएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा निकै ठुलो सकस भएको छ।

बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो। बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको अवरोध हटाउन दुई पक्षबीच मध्यराति १८ बुँदे सहमति भयो।

प्रभावित क्षेत्रको पहिचान गरी अधिग्रहण, मुआब्जा वितरणलगायत काम गर्न महानगरपालिकाले केन्द्र सरकार मातहतका मन्त्रालय र निकायसँग समन्वय गर्ने, २३ जेठमा भएको सहमतिबमोजिम अतिरिक्त फोहोरमैला व्यवस्थापनमा संलग्न चालक, सहचालक तथा अन्य कर्मचारीहरूको स्वास्थ्य बीमा महानगरपालिकाले गर्ने सहमति भयो।

आइन्दा काठमाडौंबाट फोहोर बोकेका ट्रकहरू राति मात्र पठाउने, यसका लागि सडकमा बिजुलीसहित आवश्यक व्यवस्था महानगरपालिकाले ३ महिनाभित्र मिलाउने, सिसडोल र बञ्चरेडाँडामा फोहोर नगन्हाउने गरी महानगरपालिको एक महिनाभित्र व्यवस्थापन मिलाउने सहमति पत्रमा उल्लेख छ ।

तत्कालै मन्त्रालयमा भएको छलफलमा फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा र सीसडोलका स्थानीयले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै फोहोर उठ्न नदिने बताए।

नेपाली कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महतले ककनीको वडा नम्बर १, २, ३, धुनीवेशी १ को धेरै भू-भाग सरकारले अधिग्रहण गर्नुपर्ने बताए।

महतले भने, ‘समन्वयको अभावमा फोहोर व्यवस्थापन हुँदैन, एकीकृत हल हुन जरुरी छ, सहकार्य र संस्थागत रेस्पोन्स हुनुपर्ने देखिन्छ, महानगर, शहरी विकास आ-आफ्नो तरीकाले काम गर्दा समस्या भयो, संस्थागत व्यवस्थाले कार्य गर्न सकेन, दुर्गन्धमुक्त, रोगमुक्त स्थितिको सृजना गर्न आवश्यक छ, प्रशासन संयन्त्र क्रियाशील हुनुपर्छ, विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्छ’।

सहमति भएको केहि समयपछि शहरी विकास मन्त्रालयमा शुक्रबार बिहान बैठक बस्यो। बैठकमा सर्वसहमति जुटाउने प्रयास भएपनि निष्कर्ष भने निस्किएन।

सहमति कार्यान्वयनमा प्रश्न उठ्न थालेको छ। छलफलमा स्थानीयले सरकारले विगतमा गरेका निर्णयहरु अक्षरश पालनामा शंका व्यक्त गरे।

स्थानीय श्रीराम ढुंगानाले भने, ‘मन्त्रिपरिषद्ले विगतमा गरेका सहमतिहरुको अक्षरंश पालना मात्रै गर्ने हो भने समस्याको हल निस्किन्छ’।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *