Jiwanram Shrestha

‘काठमाडौं वा पोखरामध्ये एक मेयर एकीकृत समाजवादीलाई चाहिन्छ’

National News News

The Mirror Desk

नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ।

सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन।

गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दाबी गरेको छैन। उसले उपमेयरमा भने दाबी गरेको छ।

समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए । ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ उनले भने, ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो।’

काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ। श्रेष्ठ भन्छन्, ‘अन्यत्र दावी गरेका छैनौं, शक्ति भएको काठमाडौं र पोखरा दावी गरेका छौं। जहाँ पाए पनि जित्छौं।’

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *