काठमाडौ संकटाको ‘अम्ब्रेला स्ट्रिट’ को नालीबेली, अब बन्द हुदै

Business National News

The Mirror Desk,

काठमाडौँ, केही समययता काठमाडौंको संकटा मन्दिर वरपरको स्वरुप नै बदलिएको छ। यसको मुख्य कारण हो सडकमाथि राखिएका ४०० वटा रंगीचंगी छाताहरु। यो मन्दिर वरपरका सडकलाई मानिसहरुले ‘अम्ब्रेला स्ट्रिट’ भनेर नामाकरण नै गरेका छन्। सोसल मेडियामा यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले ठुलै सनसनी मच्चाई रहेको छ। यो सब आइडिया र लगानासिलताका नायक हुन् आशिषमान सिंह।

एक दिन बिहान चिया पसलमा कुरा गर्दै जाँदा उनले एउटा जुक्ति फूराए। लकडाउनले गर्दा ब्यापार पनि चौपट्ट भएको र केहि नयाँ दिन सके मानिसहरु आउने र ब्यापार बढ्न सक्ने आकलन गरे। उनका साथीहरुले पोर्चुगलमा रहेको ‘अम्ब्रेला स्ट्रिट’ को तस्बिर उनलाई देखाए अनि सो गरे छाड्ने अठोट पनि गरे।

यसको लागि उनले साथीहरु र छिमेकबाट उठेको करिब ३ लाख रुपैयाँले छाताहरु किनेर। अनि स्थानीय बासिन्दाहरु र क्लबको धेरै साथहरु मिलेर धमाधम छाताहरु टाग्न सुरु गरे। करिब १० दिनमा उनीहरुले सडकमाथि छाताहरु राख्ने काम पुरा गरे।

‘अम्ब्रेला स्ट्रिट’ सुरु भएको १६ दिन सम्ममा मानिसहरूको उल्लेखनीय उपस्थिति रहेको छ । अहिले दैनिक १५/१६ हजार मानिसहरुले यो ठाउँ घुम्ने गरेका छन्। प्राय शान्त हुने यो ठाउँ अहिले रंगीचंगी छाताहरु र यसले लोभ्याएको दृश्यले गर्दा मानिसहरुको भीड हुने गर्छ। प्राय केटीहरु टिकटक भिडियो बनाउन र घुम्न त्यहा जाने गर्छन।

तर स्थानीय व्यापारीहरु भन्छन, ”यो छाता राखेदेखि व्यापार डामाडोल भएको छ। अहिले सामान किन्न आउने भन्दा पनि फोटो खिच्ने र टिकटकमा नाचेर भिडियो बनाउनेहरूको घुइँचो छ, यसैकारण हामीहरु यो छाता निकाल्नुपर्ने निर्णयमा पुगिसकेका छौ।

आशिषमान सिंह भन्छन, ”व्यापारीहरुको दुःख सुनेका कारण अब अंग्रेजी नयाँ वर्षपछि यी छाताहरु निकाल्ने मनस्थितिमा पुगेका छौ”।

pic-kantipur
pic-kantipur

[ref-kantipur

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *