The Mirror
एमाले सांसद नविना लामाले पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन।
लामाले भनिन्, ‘ जतापनि पाठ्यपुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्, यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो, सरकारले किन पैसा दिइरहने यसलाई खारेज गरौं’।
उनले भनिन, ‘जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दियौ, बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो, कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् ? कारबाही गर्नुपर्छ, हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्छ’।
जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेही समेत नबनेको बताइन।
[ref-onlinekhabar]
अन्तमा यो पनि…