‘कारबाहीको डरले ‘खनाल-नेपाल’ समुहका मुख्य दुई नेता सम्पर्क विहिन?’

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्न मुख्य भूमिका खेलेको भदै चार नेतासँग स्पष्टिकरण मागे निर्णयसंगै माधव नेपाल सहित चार नेतालाई आज स्पष्टिकरण पत्र पठाएको छ।

एमालेको पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन्। समाचारमा जनाइए अनुसार माधब नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पार्टीले पठाएको पत्र बुझेका छन्।

भीम रावलले स्पष्टिकरणपत्र बुझ्न अश्वीकार गर्दै पत्र लिएर गएका कर्मचारीलाई घर भित्रै छिर्न दिएनन्। त्यसपछि ति कर्मचारीले रावल बस्ने टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएको कुरा एमालेको पार्टी पार्टी केन्द्रीय कार्यालले जनाएको छ। त्यसपछि भिम रावललाई सम्पर्क गर्न नसकिएको जनाइएको छ।

त्यस्तै घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले पत्र बुझाउन बाँकी रहेको छ। उनलाई सम्पर्क गर्न कोशिस गरे पनि अझै सम्पर्क गर्न सकिएको छैन। महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित पठाइएको स्पष्टिकरणपत्रमा अभियोगमाथि चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ यदि चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा समेत उक्त पत्रमा उल्लेख गरिएको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

[ref-Tkhabar]

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *