कारबाही पछि योगेशको आक्रोश, ‘परिणाम उल्टिने निश्चित छ धैर्य गर्नुहोला’

National News News

The Mirror Desk,

नेकपा (एमाले)ले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेपछि अर्का योगेश भट्टराईले परिणाम उल्टिन सक्ने चेतावनी दिदै आक्रोश ब्यक्त गरेका छन।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलीले नेपाल र रावललाई पार्टीको नीति बिपरित काम गरेको भन्दै ६ महिनाको लागि पार्टीको साधारण सदस्यता बाट पनि निलम्बन गरेको हो। दुवै जनालाई सच्चिन अन्तिम मौका दिइएको भन्दै अन्यथा बिचैमा थप कारबाही हुनसक्ने चेतावनी सहितकाे पत्र पठाइएको छ।

पार्टीको यो निर्णय बाट क्रुध भएका अर्का नेता योगेश भट्टराईले सोसल मेडियामा एक स्टाटस लेख्दै कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो भन्दै निर्णयबाट फर्कनु नै कल्याण हुने बताएका छन्।

उनको स्टाटस हेर्नुहोस….
कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !

[ref-Gorkhasandesh]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *