sher bahadur deuwa

कार्यक्रममै प्रधानमन्त्री देउवा विरुद्ध व्यापक आर्कोश र नाराबाजी

National News News

The Mirror

प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित एक सार्बजनिक कार्यक्रममा उनिविरुद्ध व्यापक आक्रोश र नाराबाजी भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा युवाहरूले प्रधानमन्त्री देउवाको विरुद्धमा नाराबाजी गरेका थिए।

ति युबाहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौं’,’स्वाधिनताको रक्षा गरौं’, ‘नागरिकता विधेयक खारेज गर्’, ‘एमसीसीको मतियार मुर्दावाद’ लगायतका चर्का नारा लगाएका थिए।

त्यसपछि देउवालाई त्यहा बाट लगिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए। उनले वीर सहिदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको जनाए।

प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताउदै पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *