TM mynmar coup

‘किन म्यान्मारको सेनाले १९ जनालाई मृत्युदण्ड दियो’?

International News News

The Mirror Desk,

म्यान्मारको सैनिक सरकारको नियन्त्रणमा रहेको टेलिभिजनले जनाए अनुसार त्यहाको सैनिक अदालतले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

सेनाको टेलिभिजनका अनुसार ती अभियुक्तहरूले उत्तरी यांगुनको ओक्कालपामा चक्कु तथा घरेलु हतियारले दुई जना सैनिकलाई मार्च २७ मा आक्रमण गरेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको र अर्का एक सैनिक घाइते भएको जनाइएको छ।

बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जना मारिएको जनाएको छ भने २८०० भन्दा बढी मानिसहरु सेनाको हिरासतमा छन्।

म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ताकब्जा गरेपछि प्रदर्शन चर्केको छ। त्यसपछि विभिन्न सहरमा दैनिकजसो विरोध प्रदर्शन भैरहेका छन्। प्रदर्शनका क्रममा हालसम्म ६०० जनाभन्दा बढीको ज्यान गइसकेको जनाइएको छ।

नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै सत्ताकब्जा गरेको सेनाले स्वतन्त्र चुनाव गर्ने बताउँदै आएको छ तर चुनावको मिति भने तोकिएको छैन।

[ref-kantipur]

Please, At Last Watch This Video Too…

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

1 thought on “‘किन म्यान्मारको सेनाले १९ जनालाई मृत्युदण्ड दियो’?

Leave a Reply

Your email address will not be published. Required fields are marked *