किशोरी बलात्कृत,एक तोला सुनमा गाउमै मिलापत्र,सुन पनि दिइएन

National News

सुन्दै जिरिङ्ग हुने र निकै संबेदनसिल बिषय बाहिर आएको छ। स-साना बालिकाहरु दिनदिनै बलात्कृत भएको समयमा यस्तो समाचार आउनु निकै दुखद हो। यसकारण पनि हाम्रो समाजमा अपराध का घटना निकै बढेर गएको पाइन्छ।

बैतडीमा केही महिना अघि भएको एक किशोरीमाथि भएको बलात्कारको घटना एक तोला सुनमा मिलापत्र गराइएको अहिले आएर सार्वजनिक भएको छ। मिलापत्र बमोजिम पीडित पक्षलाई पीडक पक्षले कबुल गराएको एक तोला सुन नदिएपछि घटना बाहिर आएको छ। बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेर एक युवक फरार भएका छन।

वडा नं ३ का दीपक सिह धामीले १८ वर्षीया एक किशोरीलाई बलात्कार गरी भागेका छन् । गत असारमा बलत्कारमा परेकी किशोरीले घरमा भनेपछि गाँउलेहरुले गाँउमै मिलाएका हुन्।

पिडित किशोरीले भनिन, ‘असार दोश्रो साता मलाई पानी भर्न गएको बेला ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको हो र उक्त घटनालाई गाँउमै मिलाएर बलात्कार गर्ने युवकलाई गाउले हरुलेनै जोगाउन खोजिरहेका छन्।अहिले बलात्कारका आरोपित दीपक भारत गएका छन।अर्को कुरा त दिने भनर मिलापत्र गरिएको एक तोला सुन पनि दिएको छैन।source-news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *