chicken

‘कुखुराको मासुको भाउ किन दिन दिनै घटीरहेको छ?’

Business National News News

The Mirror

कुखुराको मासुको भाउ अहिले निकै घटिरहेको। भाउ दिन दिनै तल आई रहेको छ।

एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।

एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

उनले भने, ‘पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको हो, उत्पादन धेरै छ, उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो’।

यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए।

उनले भने, ‘एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो, अब घट्दैन होला’।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *