rabi lamichhane

‘कुन-कुन चर्चित व्यक्ति र स्वतन्त्रले कहाँबाट उम्मेद्वारी दिदै छन’

National News News

The Mirror

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि त्यसको साइड इफेक्ट अब हुने निर्वाचनमा पनि पर्ने देखिएको छ।

प्रतिनिधीसभाको निर्वाचनका लागी अहिलेनै स्वतन्त्र उमेदवारी दिने होडबाजी चलेको छ।

स्वतन्त्रकोहरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन।

यता आफ्नै पार्टी खोलेर राजनिती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन।

काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन।

स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा यो पटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन।

चर्चित पूर्व संचारकर्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी सहित ग्यालेक्सी टेलिभिजन छाडेका छन। जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन।

२०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन। उनले २३ हजार ४३९ मत पाएकी थिइन।

यसैगरी नेपाल प्रहरीका पूर्व-डिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन। अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन।

त्यसै गरि चर्चित युबा नेता ज्ञानेन्द्र शाहीले आफ्नो जन्म स्थान जुम्लाबाट आफ्नो उम्मेदवारी धोषणा गरिसकेका छन।

‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन। स्थानीय चुनावमा मेयरमा उठ्ने तयारी गरेका उनले अन्त्यमा शाहलाई छोडेको दाबी गरेका छन।

त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन। उनी कांग्रेस केन्द्रीय सदस्य समेत हुन।

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन। काठमाडौं महागनरपालिकामा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए।

आगामी निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्ने तयारी गरेको उनी निकट नेताको दाबी छ। मेयरमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभकामना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए।

त्यस्तै अभियन्ता हेमराज थापाले कांग्रेस महामन्त्री गगन थापाको बिरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यस्तै काठमाडौंको रत्नपार्कका लामो समय नेताहरू विरूद्ध अभियान चलाउँदै आएका चर्चित मुकुन्द घिमिरे पनि निर्वाचनमा भाग लिने बताएका छन् ।

त्यसै गरि विजय लामा, राजेश हमाल, धुर्मुस, सुन्तली लगायतले रबि लामिछानेको पार्टी ‘नेपाल स्वतन्त्र पार्टी’ बाट चुनाब लड्ने समाचार बाहिर आएपनि औपचारिक रुपमा कसैले पनि केहि जानेका छैनन।

[ref-merosathi]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *