The Mirror Desk,
काठमाडौं, नेकपा एमालेका नेता माधव नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहले सोधेको स्पष्टीकरणबाट आफूहरू नडराउने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीको स्पष्टीकरणको सामना गरेर अगाडि बढ्ने बताएका हुन्।
उनले आक्रोशित हुदै भने, ‘हामी घुँडा टेक्ने बाटोमा जाने हो? आत्मसमर्पणको बाटोमा जाने हो? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो?,यो किमार्थ मन्जुर छैन, केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ, आतंकित भएका छैनौँ, सामना गर्न तयार छौं र म यो मुख देखाउन कसरी के पी ओलीको नजिक जाऊ’।
‘नेपाल-खनाल’ समूहको अनुपस्थितिमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो भने एमाले पार्टीको केन्द्रिय कार्यालयले यी चारै नेतालाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएको थियो। यो पत्र संगै भिम रावल र घनश्याम भुसाललाइ सम्पर्क गर्न नसकिएको समाचार प्रकाशित भएको थियो।
[ref-Jaabaj]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons