punya gautam

केपी ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे भाइरल पुण्य गौतम

National News News

The Mirror

पुण्य गौतम एक परिचित नाम हो। उनि हरेक कुराको आफ्नै तरिकाले विश्लेषण गर्ने गर्छन। उनलाई नचिन्ने मान्छे सायदै होलान।

आज ति भाइरल पुण्य गौतम माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्।

उनि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य पनि थिए। उनि मंगलबार मौन अवधि सुरु हुनु केहि अघि नेकपा एमाले द्वारा काठमाडौंमा आयोजित चुनावी सभामा एमाले प्रवेश गरेका हुन।

एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट पार्टी प्रवेश गरेका गौतमले ओलीलाई भ्लादिमिर पुटिन र सी चिनफिङसँग तुलना गरेका थिए। त्यसपछि उनले कविता पनि बाचन गरे। कविता पाँच दलीय गठबन्धनविरुद्ध रहेको थियो ।

फेसबुक, युट्यु र टिकटकमा भाइरल गौतमले पार्टी प्रवशे कार्यक्रममा नेपाली कांग्रेसबाट काठमाडौं महानगरमा मेयरकी उम्मेदवार सृजना सिंहको आलोचना गरेका छन।

पार्टी प्रवेशको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट पार्टीको झण्डा समाएका थिए भने ओलीको खुटामा ढोग पनि गरेका थिए।

आफूलाई सृजनाको कुकुरले टोेकेको र रेबिजविरुद्धको सुई लगाउन पनि बाँकी रहेको भन्दै गौतम कड्किए।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *