"I am ready to lose on my own to defeat KP Oli": - Bhim Rawal

‘केपी ओलीलाई हराउनको लागी म आफ्नै हार्न तयार छु’:-भीम रावल

National News News

The Mirror Desk

सत्तारुढ पार्टी नेकपा एमालेमा भाडभैलो मच्चिएको छ। सबै एकअर्काका बिरोधि मात्र छन्न। नेताहरु निकै तल्लो स्तरमा झरेर एक अर्कालाई आरोप प्रत्यारोप लगाइ रहेका छन्। अब नेताहरुले आफु हारेर भएपनि अर्कोलाई हराई छाड्ने जस्तो तल्लो स्तरको कसम खान पनि थालेका छन्।

यसै क्रममा नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन्।

नेता रावलले थपे, ‘राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्यबाट रोक्न र ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सांसद पदबाट राजीनामा गर्नुपर्ने अवस्था आएको छ’।

केपी ओलीलाई हराउनको लागी वा पदमुक्त गर्नको लागी आफ्नो पद छोडेर आफु हार्न तयार भएको पनि उनले बताए।

रावलले हाम्रो समुहका सांसदहरुले पदबाट राजीनामा गर्नु राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित भएको पनि दाबी गरेका छन।

रावलले ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ, थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट ओलीलाई रोक्न उनलाई प्रधानमन्त्री पदबाट राजिनामा गर्न दबाब दिन आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ, यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ’।

केहि दिन अघि ‘नेपाल-खनाल’ समुहकी रामकुमारी झाक्रीले आफु डुबेर भएपनि केपी ओलीलाई डुबाएरै छाड्ने बताएकी थिइन्। आज त्यस्तै प्रकृतिको भनाइ नेता भिम रावलबाट पनि आएको छ।

त्यसकारण राजनीतिक आफुले जित्न भन्दा पनि विरोधीलाई हराउनको लागी मात्र गरिदो रहेछ भन्ने कुरा स्पस्ट भएको छ।

[ref-annapurna post]

अन्तमा यो पनि हेर्नुहोस

हिमानी शाहको कति मिठो अन्तर्वार्ता

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *