The Mirror
नेकपा एमाले अथवा केपी ओली बिरुद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार महागठबन्धन गर्ने बिषयमा कुराकानी भएको छ।
माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता र कुराकानी भएको हो।
उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन र केपी ओली बिरुद्ध महागठबन्धन गर्ने आदि विषयमा छलफल भएको बताईएको छ।
उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो। जसमा यी पाँच नेता बाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए।
एक्लै एक्लै जादा एमालेलाई हराउन नसक्ने बिषयमा पनि उनीहरु बीच छलफल भएको थियो।
[ref-onlinekhabar]
अन्तमा यो पनि…