kp and madhav

केपी ओली र माधब नेपालको पार्टीबीच गठबन्धन

National News News

The Mirror

ठिक बिपरित दुई धुर्बमा रहेका नेकपा (एमाले) र नेकपा (एकीकृत समाजजादी) ले सूर्योदयमा कार्यपालिका भने तालमेल गर्ने सहमति गरेका छन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको एकीकृत समाजजादीले कार्यपालिका गठनका लागि एमाले भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ।

कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन। नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेका छन। कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छन।

नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ। एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो ।

कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ। सहमति अनुसार एमाले र एसले शनिबार मनोनयन समेत ४–४ जनाको दर्ता गराएको छ।

कांग्रेसले भने आठै जनाको मनोनय दर्ता गराएको छ। १४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा ७२ जना नगरसभा सदस्य निर्वाचित छन। एमाले र एसको सहमति अनुसार एमालेबाट अल्पसंख्यकबाट ख्याम भूजेलले मनोनयन दर्ता गराएका छन।

यसरीनै महिला सदस्यका लागि सावित्रा शिवा, चन्द्रकला परियार, केशर कुमारी पौडेलले एमालेका तर्फबाट मनोनय दताए गराएका छन। एसको तर्फबाट चित्रकला बराइली, सोनाम छिरिङ लामा र महिला सदस्यमा लतादेवी गौतम, लामु शेर्पाले मनोनय गरेका छन।

नेपाली कांग्रेसको तर्फबाट भने दलित वा अल्पसंख्यकबाट यामन लामा, राजु राई र सोनाम छिरिङ काजीले मनोनयन गरेका छन् भने महिला सदस्यमा ख्यामकुमारी घले, चन्द्रकला मैनाली घले, टीकाकुमारी गौतम, शर्मिला विश्वकर्मा र मुकु यल्मुले मनोनय दर्ता गराएका छन।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *