The Mirror Desk,
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीहरुले पालेको एउटा खतरनाक एजेन्ट भएको गम्भीर आरोप लगाएका छन्।
उनले भने, ‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हक अधिकार सिध्याउन सक्ने, विदेशीसँग राम्रै लम्पसार पार्न सक्ने र विदेशीले हुर्काएको एउटा खतरनाक एजेन्ट हालका प्रधानमन्त्री के पी ओली भएको आरोप लागाए। उनले प्रधानमन्त्रीलाई विदेशीको साथ लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न लागेको समेत आरोप लगाए।
उनले भने, ‘पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु, फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ, अन्तसम्म लडाई लडेरै भएपनि के पी ओलीलाई समाप्त परेर छाड्ने बताए।
प्रचण्डले विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने भन्दै ओलीलाई गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रुपमा विदेशीले साथ दिएको तर त्यस विपरित धारको प्रतिनिधि आफूहरु भएको पनि बताए।
[ref-nagarik]
अन्तमा यो भिडियो पनि हेर्नुहोस..
अमेरिकामा बागलुङ्गका आशिष सापकोटा माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons