gagan thapa

‘के गगन थापामा मानवता हराएको हो?’

National News News

The Mirror

नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री तथा युबा नेता गगन थापालाई मानवता हराउँदै गएको भनेर निकै तिखो प्रतिक्रिया दिएकी छन।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले गठबन्धनको मोहले थापामा मानवता हराउँदै गएको भन्ने कडा र तिखो आरोप लगाएकी हुन।

चौधरीले लेखेकी छिन्, ’गगन जी! तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ, तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’।

सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा थापाले केपी ओलीलाई निर्वाचनको हारपछि रन्थनिएका बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको बताएका थिए।

उनको फेसबुक स्टाटस

[ref-sunaulonepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *