ramchandra poudel

‘के पी ओलीलाई बलियो बन्न नदिनु नै हाम्रो मुख्य लक्ष्य हो’-: रामचन्द्र पौडेल

National News

The Mirror Desk

तनहुँको व्यास नगरपालिकाको ३०औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो हुन नदिनु नै आफूहरूको मुख्य लक्ष्य रहेको बताएका छन।

उनले एमाले अध्यक्ष ओलीलाई बलियो बनाएर जाने प्रतिगमन पक्षधरको सोच रहेको भन्दै उनीहरूलाई बलियो हुन नदिनु गठबन्धनको प्रमुख लक्ष्य रहेको दोहोराए।

यसका साथै उनले गठबन्धनका सदस्यहरुले आफ्नो हैसियत र क्षमताअनुसारको पद दाबी गर्नुपर्ने बताएका छन् ।

नेता पौडेलले पाँच दलीय गठबन्धनका सदस्यहरुलाई धेरै माग नगरी आफ्नो हैसियत र क्षमताअनुसारको पद दाबी गरी त्यसैमा सन्तुष्ट भएर गठबन्धन बचाइराख्नुपर्ने बताएका हुन।

उनले भने, ‘केवल सत्ताका लागि मात्र नभई गलत बाटोमा मुलुकलाई जान नदिनका लागि यो गठबन्धन गरिएको हो, मुलुकको विकासका लागि गरिएको गठबन्धनले परिवर्तनको रक्षा गर्दै लोकतन्त्रको बाटोमा, मूल्यमान्यतामा आधारित राज्यलाई विकासको बाटोमा अगाडि बढाउन मद्दत गर्ने छ’।

[ref-kantip;ur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Video – The Mirror

यो पनि…

Video – The Mirror

Leave a Reply

Your email address will not be published. Required fields are marked *