Sunita dangol

‘के पी ओली फेरि पनि प्रधानमन्त्री बन्नुपर्छ’:- सुनीता डंगोल

National News News

The Mirror

एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू निकै प्रभावित भएको बताएकी छन।

एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा पनि जोड दिइन।

उनले भनिन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट म निकै नै प्रभावित भएको हुँ, फेरि विकासको लहर आउनुपर्छ, नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ, पुनः एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ, अनि मात्र देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ, समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ’।

उनले अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र बिकासको लहर चलाउनु पर्ने पनि बताइन।

बिकासको अगुवाई केबल के पी ओलीले मात्र गर्न सक्ने उनको दाबि छ।

[ref-baahrakhari]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *