के प्रचण्डमाथि फेरि जुत्ता प्रहार भएकै हो त ? यो तस्बिरको वास्तविकता के हो?

National News News

The Mirror Desk,

काठमाडौँ, केहि दिनयता एउटा तस्बिर मिडियामा निकै छाइरहेको छ। त्यो यो प्रचण्डलाइ केहि युवाहरुले समातेर सिँढीबाट ओरालेको जस्तो देखिन्छ। यो तस्बिरको क्रमममा प्रचण्डलाई फेरि पनि जुत्ता प्रहार भयो भनेर निकै समाचारहरु पनि आए तर यसको बास्तबिकता यस्तो छ।

गत शुक्रबार ‘प्रचण्ड-नेपाल’ समूहको प्रदेश नम्बर – १ अन्तर्गतको कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, नेपाल र खनालले सम्बोधन गरेका थिए। सम्बोधन सके पछि स्टेजबाट तल झर्दै गर्दाको तस्बिर सोसल मिडियामा राखेर जुत्ता प्रहार भएको भने प्रचार प्रसार गरिएको छ। तर कुरा प्रचण्डलाई जुत्ता प्रहार भएको होइन कुरा हो उनी स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए। ‘फलामको सिँढी सानो थियो, स्टेजबाट ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग मात्र गरेका थियौं’ प्रचण्डलाई सहयोग गरेका युवा आजाम परवेजले भने, ‘जुत्ता प्रहार भएको होइन, कसैले निराधार हल्ला फैलाएको हो’।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रचण्ड माथि जुत्ता प्रहार नभएको बताए। ‘कहीँकतै जुत्ता प्रहार भएको छैन यो सबै हल्ला मात्रै हो,’ उनले भने।

[ref-onlinemarg]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है

रमेश खरेल भ्रस्टबिरुद्ध चुनाब लड्दै, हामी उहालाई सहयोग गरौ

हेर्नुहोस यो भिडियो..

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *