The Mirror Desk,
काठमाडौँ, अहिले नेपाली जनताले नेपाललाई हिन्दु रास्ट्र बनाउनुपर्ने माग निकै जोडतोडले उठिरहेको छ। नेताहरु आपसमा सत्ताको लुछाचुडी र भ्रस्टचारमा लिप्त रहेको बेलामा यस्तो माग उठिरहेको हो।
यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको आरोप लगाएका छन्। सो समुहद्वारा आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले सो आरोप लगाएका हुन्। उनले भने, ”प्रधानमन्त्रीले केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको अनि शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको कारणले उनि नेपाललाई हिन्दु राष्ट्र घोसणा गर्न उद्दत रहेको स्पस्ट हुन्छ”।
पाण्डेले भने, ‘दीर्घराज प्रसाईंहरु र भद्रकुमारी घलेहरुले ओलीजस्ते राजनेता अब नेपालमा कोही छैनन् भनेर भनिरहेका छन्, हिजो पञ्चायतको बेलामा कम्युनिस्टमाथि गोली दाग्नेहरु, जसले हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्ने काममा नेतृत्व गरेका थिए, आज ओली तिमी जस्तो महान कोही छैनन् भन्दैछन्’। प्रधानमन्त्री ओलीले अब मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेको आरोप पनि पाण्डेले लगाए।
समाचारमा जनाइए अनुसार ओली समुहले माघ-२३ मा काठमाडौंमा आमसभा गर्दैछ र यो सभाबाट प्रधानमन्त्री ओलीले अहिलेसम्म नभनेको विषेश कुरा घोषणा गर्ने दाबी उनी पक्षीय नेताहरुले गर्दै आएका छन्।
[ref-onlinekhabar]
अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
प्रधानमन्त्री र पूर्व लडाकु कमान्डर बिचको गोप्य कुराकानीको भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020