rabi lamichhane

‘के रवि लामिछाने टेलिभिजन छोडेर स्वतन्त्र साँसद उठ्न लागेका हुन्?’

National News News

The Mirror

लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी/संचारकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेको खबर बाहिर आएको छ।

टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेका नेपालीहरुलाई सोही कार्यक्रम मार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको बुझिएको छ।

समाचारमा जनाईए अनुसार उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन। लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा लागेका छन।

यदि दलबाट वा कुनै राजनीतिक पार्टीबाट चुनाव नलड्ने योजनामा छन। जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव लड्दा आफ्नो लोकप्रियता निक खस्कने उनको विश्लेषण छ।

रबि लामिछाने नेपालकै सबैभन्दा बढी लोकप्रिय संचारकर्मी हुन। उनका शुभ-चिन्तकहरु धेरै हुनाले पनि उनलाई चुनाब जित्न खासै गारो नभएको विश्लेषण गरिन्छ।

[ref-corporatenepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *