Rabindra Mishra

के रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा छन?

National News News

The Mirror

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा गरेका पूर्व बिबिसीका पत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको कुरा जनाईएको छ।

स्थानीय तहको निर्वाचन परिणाम निकै कमजोर भएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन्।

यदि उनलाई राप्रपाले दिने पदमा कुरा मिले उनि केही दिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ।

सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका भएपनि राप्रपाले त्यसलाई अस्वीकार गरे पछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए।

तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ।

[ref-ratopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *